Logo
८ माघ २०८१, मंगलबार
(January 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड नेतृत्वको सरकारमा चार उपप्रधानमन्त्री

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री नियुक्त भएका थिएनन् । तर, वर्तमान सातदलीय गठबन्धनबाट चार उपप्रधानमन्त्री बनेका हुन् ।

वर्तमान सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक–एकजना उपप्रधानमन्त्री नियुक्त भएका हुन् । एमालेबाट उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल, माओवादीबाट उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, रास्वपाबाट उपप्रधानसहित गृहमन्त्री रवि लामिछाने र राप्रपाबाट उपप्रधानसहित ऊर्जामन्त्री राजेन्द्र लिङदेन छन् ।

अझै जनता समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व हुन बाँकी छ । यदि जसपा पनि सरकारमा गए थप एक उपप्रधानमन्त्री बनाउनुपर्ने अवस्था छ ।

गृहमन्त्री रवि लामिछानेले विगतमा आफू सञ्चारकर्मी हुँदा टेलिभिजनमा ठूल्ठूलो स्वरमा धेरै उपप्रधानमन्त्री बनाएर मजाक गरेको भन्दै आपत्ति जनाएका थिए । तर, अहिले उनी आफैं एमाले र माओवादी नेताहरुलाई घुर्की लगाएर उपप्रधानमन्त्री बन्न सफल भएका छन् । विगतमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्रीको संख्या सात बनाइएको थियो ।

प्रकाशित मिति: Jan 17, 2023

प्रतिक्रिया दिनुहोस्