Logo
१३ आश्विन २०८१, आईतबार
(January 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दै छ ।

विश्वासको मत दिएका दलहरूसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । सत्ता गठबन्धनमा सभामुख र उपसभामुखको उम्मेदवारसँगै मन्त्रालय भागबन्डामा सहमति जुटाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन् । नवनियुक्त मन्त्रीलाई आजै शपथ खुवाउने शितलनिवासको तयारी छ ।

प्रकाशित मिति: Jan 17, 2023

प्रतिक्रिया दिनुहोस्