३३ जना अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)
३३ जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ ।
बढुवा सिफारिस समितिको मङ्गलवार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको हो ।
कार्यक्षमताको आधारमा हुने बढुवाका लागि सिफारिस अधिकृतहरू नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका हुन् ।