Logo
१४ आश्विन २०८१, सोमबार
(January 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सल्यानको कालिमाटी गाउँपालिका उपाध्यक्ष र अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका उपाध्यक्ष र अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सल्यानको कालिमाटी गाउँपालिका उपाध्यक्ष सनसिल्ता डि.सी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्री, इन्जिनियर टेक बहादुर के.सी, योजना शाखा प्रमुख जयराम घर्ती, वडा अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

गाउँपालिकाको वडा नं. ७ मा निर्माण भएको घुइयावारी (रिङरोड योजना) मूल सड्क विस्तार, नाला सुधार तथा ग्राभेल योजनामा निर्माण स्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई पेस भएको झुट्टा बिल भरपाई स्वीकृत गरी भुक्तानीको लागि आदेश दिएको, कामदार तथा रोजगार उपभोक्ता समिति र प्राविधिकहरूको मिलेमतोमा झुट्टा बिल भरपाई र गलत कार्य सम्पन्न प्रतिवेदनकै आधारमा नभए नगरेको काममा समेत भए गरेको भनी झुट्टा बिल भरपाईसमेतका आधारमा अन्तिम भुक्तानीको लागि टिप्पणी पेस गरी बढी भुक्तानी दिने कार्य गरेको अख्तियारको ठहर छ ।

प्रकाशित मिति: Jan 11, 2023

प्रतिक्रिया दिनुहोस्