Logo
१४ आश्विन २०८१, सोमबार
(January 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् विस्तार छलफलका लागी प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रचण्ड र अधिकारीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा आपसमा बधाई साटासाट हुनुका साथै गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार लगायतबारे विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

गण्डकीमा सत्ता भागबण्डाका क्रममा नेकपा एमालेलाई मुख्यमन्त्री परेको थियो। पुस २५ गते अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित मिति: Jan 11, 2023

प्रतिक्रिया दिनुहोस्