Logo
१४ आश्विन २०८१, सोमबार
(January 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

अध्यक्ष ठाकुरले भने, ‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने हामी निर्णय गरेका छौ आज उहाँलाई विश्वासको मत दिन्छौँ ।’ सरकारको साझा न्यूनतम कार्यक्रममा केही कुराहरू समेटिएको छ, र अरू विषयमा सरकारसँग थप छलफल गर्ने सहमति भएको कारणले विश्वासको मत दिने निर्णय गरेको उनले बताए ।

पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो । उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने भनी आफ्ना पार्टीका सांसदलाई खबर गरेका छन् ।

प्रकाशित मिति: Jan 10, 2023

प्रतिक्रिया दिनुहोस्