Logo
१४ आश्विन २०८१, सोमबार
(January 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा लिङ्देनको प्रतिबद्धता : राप्रपा राजनीतिक अस्थिरताको कारक बन्ने छैन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले राप्रपा राजनीतिक अस्थिरताको कारक नबन्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले अहिलेको जनादेशले कुनैपनि राजनीतिक दललाई विश्वास गर्न नसकेको बताउँदै सबै राजनीतिक दल मिलेर मात्र यो देशको अगाडि बढाउनुपर्छ भनेर जनादेश आएको उल्लेख गरे ।

देशमा अहिले सबैकुरा ओरालो लागेको बताउँदै बेरोजगारी बढिरहेको, उमेर पुगेको भोलिपल्ट युवाले पासपोर्ट बनाएर बाउआमाको काख छोडेर हिड्नुपर्ने अवस्था रहेको बताए । उनले किसानले मलबिउ नपाएको, विकास निर्माणको कामले गति नलिएको बताए ।

उनले भने–‘हामी कसैले कसैलाई निषेध गरेर जाने अवस्था छैन । हामी सबैको विचारभन्दा माथि देश छ । देशभन्दामाथि अर्को केही छैन । त्यसकारण देशमा शिरमाथि राखेर देशमा तमाम समस्या समाधान गर्न अग्रसर भएर जुटौँ । राप्रपा सुशासन, सेवा प्रवाहको दृष्टिकोणमा विगतमा झैँ दृढताका साथ उभिने छ । राप्रपा कहिलेपनि राजनीतिक अस्थिरताको कारक बन्ने छैन ।’

प्रकाशित मिति: Jan 9, 2023

प्रतिक्रिया दिनुहोस्