यी मोबाइल सेटहरुमा चल्नेछैन अब ह्वाट्सएप
नयाँवर्षसँगै केही आइफोन तथा एन्ड्रोइड फोनका प्रयोगकर्ताले ह्वाट्सएप चलाउन नपाउने भएका छन् । ह्वाट्सएप्ले केही पुराना मोडलका आइफोनमा १ जनवरी २०२३ देखि ह्वाट्सएप सपोर्ट बन्द गरेको छ ।
साथै ४५ वटा विभिन्न मोडेलका एन्ड्रोइड फोनमा पनि ह्वाट्सएप सपोर्ट बन्द गरिएको छ । जनवरी १ देखि ह्पाट्सएप नचल्ने आइफोनहरुमा आइफोन ५ र आइफोन ५ सी रहेका छन् ।
प्रयोगकर्ताले यी आइफोनमा यसअघिका अरु सबै सेवा प्रयोग गर्न सक्ने भए पनि ह्वाट्सएप भने प्रयोग गर्न पाउनेछैनन् ।
पुराना मोडलका कतिपय स्मार्टफोनमा ह्वाट्सएप नचल्ने विषयमा जानकारी गराउँदै ह्वाट्सएपले भनेको छ, ‘डिभाइस र सफ्टवेयर परिवर्तन प्रायः हुने गर्दछ ।
त्यसैले हामीले कुन अपरेटिङ सिस्टमलाई सपोर्ट गर्ने विषयमा समीक्षा गरी नियमित रुपमा अपडेट गर्ने गर्छौं ।’
जनवरी १ देखि ह्वाट्सएप नचल्ने फोनको सूची यस्तो छ :
Archos 53 Platinum
Grand S Flex ZTE
Grand X Quad V987 ZTE
HTC Desire 500
Huawei Ascend D
Huawei Ascend D1
Huawei Ascend D2
Huawei Ascend G740
Huawei Ascend Mate
Huawei Ascend P1
iPhone 5c
iPhone 5
Lenovo A820
LG Enact
LG Lucid 2
LG Optimus 4X HD
LG Optimus F3
LG Optimus F3Q
LG Optimus F5
LG Optimus F6
LG Optimus F7
LG Optimus L2 II
LG Optimus L3 II
LG Optimus L3 II Dual
LG Optimus L4 II
LG Optimus L4 II Dual
LG Optimus L5
LG Optimus L5 Dual
LG Optimus L5 II
LG Optimus L7
LG Optimus L7 II
LG Optimus L7 II Dual
LG Optimus Nitro HD
Memo ZTE V956
Quad XL
Samsung Galaxy Ace 2
Samsung Galaxy Core
Samsung Galaxy S2
Samsung Galaxy S3 mini
Samsung Galaxy Trend II
Samsung Galaxy Trend Lite
Samsung Galaxy Xcover 2
Sony Xperia Arc S
Sony Xperia miro
Sony Xperia Neo L
Wiko Cink Five
Wiko Darknight ZT