Logo
१४ आश्विन २०८१, सोमबार
(January 1, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुनै पार्टीसँग एकता गर्ने निर्णय भएको छैन : गंगालाल तुलाधार

नेकपा एकीकृत समाजवादीका पार्टी कार्यालय सचिव गंगानारायण तुलाधारले पार्टी एकता गर्ने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै तुलाधारले अनौपचारिक रुपमा सबै पार्टीसँग भई रहेको भेटघाट र छलफल अन्यथा नलिन आग्रह गरे ।

‘एकताका बारेमा कुनैपनि निर्णय भएको छैन । एकता गर्नेगरी घनिूत रुपमा पार्टीका औपचारिक बैठक र छलफल भएका छैन । अहिले नै तत्काल एकतामा गइहाल्नुपर्छ भन्ने अवस्था होइन’ तुलाधारले भने, ‘अनौपचारिक रुपमा यस्ता धेरै कुराहरु भएका छन् । हाम्रा पार्टीका नेताहरुले जसपा माओवादी नेतासँग कुरा गर्नुभएको छ ।’

चुनावभन्दा अगाडि माओवादीसँग एकता गर्नेगरी छलफल भएपनि कुनै निष्कर्षमा नपुगीएको तुलाधारले बताए । ‘चुनाव अघि एकीकृत समाजवादीमा र माओवादीवीच एकता गर्न वार्ता र छलफल गर्न प्रयास गरौं भन्नेगरी माओवादीबाट प्रस्ताव आयो । हामीले सचिवालयमा छलफल गरियौं । एकता गर्ने नै हो छलफल गरौं भन्ने भयो ’ तुलाधारले भने, ‘त्यसमा माओवादीबाट कुनै सक्रियता देखिएन । अहिले त्यसमा केही भएकै छैन ।’

प्रकाशित मिति: Jan 1, 2023

प्रतिक्रिया दिनुहोस्