Logo
१४ आश्विन २०८१, सोमबार
(December 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमडीएमएस प्रणाली लागू नगर्न प्रधानमन्त्रीको निर्देशन

जनस्तरमा व्यापक विरोध भएपछि तत्काल मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरण श्रोतकाअनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन आएकोले यो प्रणाली तत्काल लागू नहुने भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले पुष १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो । नेपालको भन्सार कार्यालयमा दर्ता नभएका मोबाइल चलाउन नपाउने गरी एमडीएमएस प्रणाली लागू हुन लागेपछि यसको व्यापक विरोध भएको थियो ।

विदेशमा काम गरेर फर्किएकाहरुले आफ्ना परिवारका सदस्यका लागि नेपाल ल्याएका मोबाइलको पनि कर र भन्सार महसुल तिर्नैपर्ने गरी एमडीएमएस प्रणाली सुरु हुन लागेपछि यसको व्यापक विरोध भएको थियो ।

प्रकाशित मिति: Dec 30, 2022

प्रतिक्रिया दिनुहोस्