Logo
१४ आश्विन २०८१, सोमबार
(December 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिमण्डल विस्तार विश्वासको मत पछाडि हुनसक्छ : गृहमन्त्री लामिछाने

सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने भएको छ ।

बिहीबार बालुवाटारमा बसेको सत्ता साझेदार चार दलको बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रम तय भएपछि धेरै कुराको तय हुने भएकाले प्याकेजमा सहमति गर्दा मन्त्रिमण्डल विस्तार पनि विश्वासको मत पाएपछि हुनसक्ने गृहमन्त्री रवि लामिछानेले बताए । साथै मन्त्रिमण्डल विस्तार गर्दा पनि क्षमताका आधारमा मात्रै गर्न दलहरु सहमत भएका छन् ।

‘मन्त्रिमण्डल विस्तार गर्दा क्षमताका आधारमा मात्रै गर्नेमा छलफल भएको छ’,मन्त्री लामिछानेको भनाइ छ ।

‘पछाडि या अगाडि भन्ने कुरा होइन की हामीले मन्त्रिमण्डल विस्तार गर्दा विषयविज्ञहरु भए राम्रो हुन्छ । एउटा मान्छेले एउटा मन्त्रालय सम्हाल्ने र फेरि उसैले अर्को मन्त्रालय सम्हाल्ने प्रवृत्ति छ ।

त्यसमा मिनिमाइज गर्ने प्रयास गरिरहेका छौ’, लामिछानेले भने, ‘विश्वासको मत अगाडि हुन्छ वा पछाडि भन्ने समयलाई ध्यानमा राखेर छलफल चाही भएको होइन तर संवाद गर्दै जाँदा पछाडिपनि जान सक्छ । तर हामीले त्यो मितिलाई ध्यानमा राखेर छलफल गरेका होइनौं’।

प्रकाशित मिति: Dec 29, 2022

प्रतिक्रिया दिनुहोस्