Logo
१४ आश्विन २०८१, सोमबार
(December 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश बेल्बासेको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेको छ । काठमाडौैं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो ।

एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले गत कात्तिक १४ गते सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो । अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दा मंगलबार पेसीमा चढेको थियो ।

लामिछानेले गत भदौ ५ गते राती र भदौ ६ गते बिहान सिनामंगलको एक होटलमा पुराएर आफूमाथि जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । किशोरीको जाहेरीपछि प्रहरीले सन्दीपमाथि अनुसन्धान गर्दै काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गराएको थियो ।

जबरजस्ती करणी भएको भनिएकी जाहेरवाली किशोरीको उमेर १८ वर्षभन्दा कम भएको भन्दै लामिछानेलाई १० देखि १२ वर्षसम्मको कैद सजायको मागदावी गरिएको छ ।

प्रकाशित मिति: Dec 27, 2022

प्रतिक्रिया दिनुहोस्