Logo
१४ आश्विन २०८१, सोमबार
(December 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार गठबन्धनकै बन्छ, प्रधानमन्त्रीबारे सल्लाह गर्दैछौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सरकार हालको सत्ता गठबन्धनले बनाउने बताएका छन् । बिहीबार संसदको सपथ ग्रहणपछि संसद भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले गठबन्धनकै सरकार बन्ने बताएका हुन् ।

‘सबै प्रकृया सहज ढंगले अघि बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण, सफलतापूवर्क र सहजै सम्पन्न भयो’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘आज शपथ ग्रहण पनि राम्रोसँग र बडो उत्साहका साथ सम्पन्न भयो ।’

उनले अबको सरकार पनि गठबन्धनले सहजै बनाउनै भन्दै निर्वाचन सम्पन्न भएजसरी नै सरकार बन्ने बताए । ‘यही गठबन्धनको सरकार बन्छ’, अबको पहिलो प्रधानमन्त्री देउवा कि तपाईं भन्ने प्रश्नमा प्रचण्डले भने, ‘पहिलो प्रधानमन्त्रीबारे हामी सल्लाह गर्दैछौँ ।’

प्रकाशित मिति: Dec 22, 2022

प्रतिक्रिया दिनुहोस्