Logo
१४ आश्विन २०८१, सोमबार
(December 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले चुनावी विश्लेषणात्मक प्रतिवेदन बनाउने

चुनावअघि १५० सिट जितेर एकल बहुमतको सरकार बनाउने घोषणा गरेको नेकपा एमालेले कमजोर नतिजा आएपछि चुनावका क्रममा भएका कमी कमजोरीबारे समीक्षात्मक प्रतिवेदन तयार पार्ने भएको छ ।

एमाले केन्द्रीय निर्वाचन विभागको बुधबार बसेको बैठकले चुनावको समग्र पक्षलाई समेटेर प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो । महासचिव शंकर पोखरेलको उपस्थिति र उप–महासचिव प्रमुख विष्णु रिमालको अध्यक्षतामा बसेको बैठकले एक साताभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको एमाले केन्द्रीय निर्वाचन उपप्रमुख नीरज आचार्यले जानकारी दिए ।

उनले बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समग्र समीक्षा प्रतिवेदन तयार गर्नुका साथै वार्षिक क्यालेन्डर कार्यन्वयन लगायतका महत्वपुर्ण योजना बनाएको बताए ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस ८९ सिटसहित पहिलो दल बन्दा एमाले दोस्रो दल बनेको छ । उसले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिटमात्र जितेको छ । समानुपातिकतर्फ भने एमालेले सवैभन्दा धेरै मत ल्याएको छ ।

एमालेले तयार गर्ने प्रतिवेदनमा पार्टी कमिटीका तर्फबाट भएका कमीकमजोरी, राज्यपक्षबाट भएका धाँधली, पार्टीभित्रै भएको अन्तर्घात, पार्टीका घोषणापत्र र प्रतिवद्धताका सवल र दुर्वल पक्षलाई समेट्नेछ ।

 

प्रकाशित मिति: Dec 22, 2022

प्रतिक्रिया दिनुहोस्