Logo
१४ आश्विन २०८१, सोमबार
(December 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रले आज संसदीय दलको नेता चुन्ने

नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्न दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणपछि माओवादीले दलको नेता चयन गर्न लागेको हो । त्यसका लागि अपराह्न ४ बजे संसदीय दलको बैठक बोलाइएको छ ।

माओवादीको दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल चुनिने निश्चित छ । प्रत्यक्षतर्फबाट १८ र समानुपातिकतर्फबाट १४ सिटसहित प्रतिनिधिसभामा माओवादीका ३२ सांसद छन् ।

माओवादीले दलको नेता चुनेसँगै भावी सरकार निर्माणबारे सत्तारुढ गठबन्धनभित्र छलफल अगाडि बढ्ने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: Dec 22, 2022

प्रतिक्रिया दिनुहोस्