Logo
१४ आश्विन २०८१, सोमबार
(December 22, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अति दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै फेरि सत्तामा फर्किए नेतान्याहु

इजरायलका नेता बेन्जामिन नेतान्याहुले देशको इतिहासमा नै अति दक्षिणपन्थी गठबन्धनको प्रमुखको रूपमा सत्तामा फर्केर नयाँ इजरायली सरकार गठन गरेको घोषणा गरेका छन् ।
नोभेम्बर १ को चुनावमा  विजयी भएपछि नेतान्याहुले अति–अर्थोडक्स यहूदी पार्टीहरू र चरम–दक्षिण गुटको समर्थनमा सरकार गठन गर्ने जनादेश प्राप्त गरेका थिए ।
इजरायलमा चार वर्षमा हालै पाँचौ पटक निर्वाचन भएको थियो । अदालतमा भ्रष्टाचारको आरोप विरुद्ध लडिरहेका नेतान्याहुले इजरायली इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन् ।उनी सन् १९९६ देखि सन् १९९८ र सन् २००८ देखि सन् २०२१ सम्म प्रधानमन्त्री बनेका  थिए ।

समयसीमा भन्दा केही मिनेटअघि उनले सरकार स्थापना गर्न सक्षम रहेको राष्ट्रपति आइज्याक हर्जोगलाई फोन मार्फत जानकारी गराएका थिए ।

प्रकाशित मिति: Dec 22, 2022

प्रतिक्रिया दिनुहोस्