Logo
१४ आश्विन २०८१, सोमबार
(December 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपाका राणाले राष्ट्रपतिबाट लिए ज्येष्ठ सदस्यको सपथ

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । बुधबार शीतल निवासमा राष्ट्रपति भण्डारीले राणालाई सपथ गराएकी हुन् ।

बिहीबार ज्येष्ठ सदस्य राणाले दुई सय ७४ प्रतिनिधिसभा सदस्यलाई सपथ गराउने छन् । निर्वाचन आयोगमा भरेको व्यक्तिगत फारममा महिन्द्र राय यादवको उमेर ८५ वर्ष उल्लेख थियो । तर, उनले आफ्नो नागरिकतामा उमेर धेरै भएको भन्दै सपथ नलिने जानकारी गराएपछि आयोगले संसद् सचिवालयलाई ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यको नाम पठाएको थियो । सोही नाम संसद् सचिवालयले राष्ट्रपतिलाई बुझाएपछि बुधबार राणाले सपथ लिएका हुन् ।

संसद् सचिवालयले ७ पुस (बिहीबार) प्रतिनिधिसभा सदस्यहरूको सपथ हुने सूचना जारी गरेको छ । राष्ट्रपति भण्डारीले आगामी १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेकाले अब बिहीबारदेखि दलहरू सरकार गठनको गृहकार्यमा जुट्ने भएका छन् ।

प्रकाशित मिति: Dec 21, 2022

प्रतिक्रिया दिनुहोस्