Logo
१४ आश्विन २०८१, सोमबार
(December 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय दलको नेता चयन गर्न लोसपाको बैठक बस्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले संसदीय दलको नेता चयन गर्नेलागयतका विषयमा छलफल गर्न आज नवनिर्वाचित संसदको भेला बोलाएको छ ।

बबरमहलमा बोलाइएको सो भेलामा प्रतिनिधि सभाका लागि संसदीय दलको नेता चयनको विषयमा छलफल हुने बताइएको छ । लोसपाले मधेश प्रदेशको प्रदेश सभा संसदीय दलको नेताको विषयमा पनि छलफल गर्ने बताइएको छ ।

प्रतिनिधि सभामा लोसपाले चार जना सांसद जितेका छन् । महोत्तरी–३ बाट महन्थ ठाकुर, महोत्तरी–२ बाट शरतसिंह भण्डारी, रुपन्देही–४ बाट सर्वेन्द्रनाथ शुक्ला र सर्लाही–१ बाट रामप्रकाश चौधरी जितेका छन् ।

यसमध्ये संसदीय दलको नेता महन्थ ठाकुर हुने लगभग निश्चित छ । प्रमुख सचेतक कसलाई बनाउने त्यस बारेमा छलफल हुने बताइएको छ ।

मधेस प्रदेशमा संसदीय दलको नेता लोसपाका कार्यकारिणी सदस्य एवं लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनललाई बनाउने लगभग निश्चित छ ।

प्रकाशित मिति: Dec 21, 2022

प्रतिक्रिया दिनुहोस्