Logo
१४ आश्विन २०८१, सोमबार
(December 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिले आज ज्येष्ठ सांसद राणालाई शपथ गराउने

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सांसद पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयतको शपथ गराउने छिन् ।

राप्रपाबाट समानुपातिक सांसद बनेका राणालाई आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शपथ गराइनेछ । राणाको जन्म विसं १९९८ मंसिर २४ मा रहेको छ ।

सभामुखको चयन हुनुभन्दा अघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ खुवाउनुपर्छ । राणाले बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित सांसदलाई शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ ।

४ मंसिरमा भएको निर्वाचनबाट २७५ सांसद निर्वाचित भएका छन् ।

प्रकाशित मिति: Dec 21, 2022

प्रतिक्रिया दिनुहोस्