Logo
१४ आश्विन २०८१, सोमबार
(December 20, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन देशका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहदाको प्रमाणपत्र

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न तीन देशका राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार छुट्टाछुट्टै नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई), तान्जानिया र सर्वियाका राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

नेपालका लागि युएई राजदूत अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, ताञ्जानियाका कापुफी एमबेगा र सर्बियाका सिनिसा पेभिकले आ–आफ्नो ओहदाको प्रमाणपत्र राष्ट्रपतिसमक्ष बुझाएको  राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनका अनुसार अलसामसी नेपालका लागि आवासीय र एमबेगा र पेभिक गैरआवासी राजदूतहरु हुन् ।

प्रकाशित मिति: Dec 20, 2022

प्रतिक्रिया दिनुहोस्