Logo
१४ आश्विन २०८१, सोमबार
(December 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सोमबार बस्दैछ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले आजका लागि बैठक बोलाउने निर्णय गरेको थियो ।

पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले दलको नेता चयन गर्नेछ । नेकपा (एकीकृत समाजवादी) का १० जना सांसद छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गरी गठबन्धनमा रहेका र रहन सक्ने राजनीतिक दलहरूसँग छलफल अगाडि बढाउने निर्णयसमेत गरेको थियो ।

प्रकाशित मिति: Dec 19, 2022

प्रतिक्रिया दिनुहोस्