Logo
१४ आश्विन २०८१, सोमबार
(December 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि ईजरायली राजदूत हानान गोडर गोल्डबर्गरबीच भेटघाट भएको छ । आज ९बिहीबार० प्रधान सेनापति महारथी शर्मा र हानानबीच भेटघाट भएको हो ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति: Dec 15, 2022

प्रतिक्रिया दिनुहोस्