Logo
१४ आश्विन २०८१, सोमबार
(December 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेस चौतारीद्वारा ललितपुरमा एमालेबाट निर्वाचित ६ सांसदलाई सम्मान

प्रेस चौतारी नेपालले लतिपुरमा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्मान गरेको छ । बिहीबार बिहान ललितपुरको सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेतले एमालेबाट प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित भएकाहरूलाई सम्मान गरेका हुन् ।

ललितपुरबाट एमालेका प्रेम महर्जन, मधुसुदन पौडेल, रामेश्वर श्रेष्ठ, प्रेमभक्त महर्जन, रघुवीर महर्जन तथा अप्सरा चापागाई सांसद छन् । प्रेम महर्जन ललितपुर २ बाट संघीय सांसद हुन् भने पौडेल, श्रेष्ठ, प्रेमभक्त र रघुवीर महर्जन तथा चापागाई प्रदेश सभा सदस्य हुन् ।

चौतारीका अध्यक्ष बस्नेतले आगामी कार्यकाल सफलताका लागि सबै जनप्रतिनिधिलाई शुभकामना दिएका थिए । कार्यक्रममा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले एमाले निकट पत्रकारलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति: Dec 15, 2022

प्रतिक्रिया दिनुहोस्