Logo
१४ आश्विन २०८१, सोमबार
(December 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलेश्वरमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौंको कुलेश्वरमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार बिहान भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक नागार्जुन नगरपालिका ४ का २२ वर्षीय रविन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार २१ वर्षीय सुशिल बम्जन घाइते छन् । घाइते बम्जनको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । हाइस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।

प्रकाशित मिति: Dec 13, 2022

प्रतिक्रिया दिनुहोस्