Logo
११ माघ २०८१, शुक्रबार
(December 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इटालीको अन्धाधुन्ध गोली फायर : प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु

एजेन्सी : रोमको एक क्याफेमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा इटालीकी नयाँ प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । स्थानीयबासीको एउटा समितिको बैठकमा गोली चलेको थियो ।

रोमका मेयर रोबर्टो ग्वाल्टेरीले गोलीबारीलाई ‘हिंसाको गम्भीर घटना’ भन्दै सोमबार आपतकालीन बैठकमा भाग लिने बताए । ५७ वर्षीय एक संदिग्ध हिरासतमा छन् ।  समाचारअनुसार समितिका केही सदस्यसँग उनको विवादको इतिहास छ ।

बन्दुकधारीले आफ्नो पेस्तोल प्रयोग गर्नु अघि “म तिमीलाई सबै मार्नेछु“ भनेर चिच्याएका थिए । घाइतेमध्ये दुई महिला र दुई पुरुष रहेको अनुमान गरिएको छ भने एकको अवस्था गम्भीर छ ।

प्रधानमन्त्री जर्जिया मेलोनीले मारिएका एक महिलालाई आफ्नी साथी निकोलेटा गोलिसानो भएको बताएकी छिन् । अन्य मृतक महिलाको नाम एलिसाबेटा सिलेन्जी र सबिना स्पेरन्डियो रहेको छ ।

एक फेसबुक पोस्टमा प्रधानमन्त्री मेलोनीले गोलिसानोको परिवारलाई समवेदना व्यक्त गरेकी छिन् । अफ्नो साथी ‘सुन्दर र खुशी’ भएकोमा सधैं सम्झने उनले बताएकी छिन् ।

प्रकाशित मिति: Dec 12, 2022

प्रतिक्रिया दिनुहोस्