Logo
१० माघ २०८१, बिहीबार
(December 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा लगानी गर्ने विदेशी कम्पनीलाई स्वागत गर्ने चिनियाँ प्रधानमन्त्री ली खछ्याङको भनाइ

चीनका प्रधानमन्त्री ली खछ्याङले चीनमा लगानी गर्ने विदेशी कम्पनीलाई स्वागत गर्ने बताएका छन् ।

चीनका प्रधानमन्त्री ली खछ्याङले बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलसँग भेटवार्ता गर्दै चीनमा लगानी जारी राख्न विदेशी कम्पनीहरूलाई आग्रह गरेको बताए ।

उनले बजार–आधारित र कानून–आधारित अन्तर्राष्ट्रिय व्यापार वातावरणलाई बढावा दिन जारी राख्ने र सबै प्रकारका कम्पनीहरूलाई समान र निष्पक्ष रूपमा व्यवहार गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘चीन पारस्परिक सम्मान र समानताको आधारमा युरोपेली सङ्घसँग सहयोग बढाउन र चीन–ईयू व्यापक रणनीतिक साझेदारीको सुदृढ र स्थिर विकासलाई बढावा दिन मतभेदहरूलाई उचित तरिकाले सम्बोधन गर्न तयार छ,’ प्रधानमन्त्री लीले भने ।

चीनले आफ्नो वित्तीय क्षेत्रलाई निरन्तर खुला गर्ने र योग्य विदेशी संस्थागत लगानीकर्ताहरूबाट थप लगानीलाई प्रोत्साहित गर्ने र घरेलु वित्तीय स्थिरता कायम गर्ने लीले बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति: Dec 2, 2022

प्रतिक्रिया दिनुहोस्