निजी क्षेत्रका कुरा नसुनी देश विकास हुन सक्दैन : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका कुरा नसुनी देश विकास हुन नसक्ने बताएका छन् ।
“ग्रीन हाईड्रोजनका कुराहरू छन्, आईटी क्षेत्रमा युवालाई आकर्षित गर्नुपर्ने छ, सम्भावनाका क्षेत्र पहिचान गर्नु पर्नेछ, परम्परागत हाम्रो संरचनागत सुधार गर्नुपर्ने छ । अब क्षमताको विकास गर्नुछ । साधानस्रोतको परिचालन गर्न सक्ने क्षमता राजनीतिक नेतृत्वले राख्नु पर्छ,” उनले भने ।