Logo
१३ आश्विन २०८१, आईतबार
(November 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रूपन्देही क्षेत्र नं. ४ मा कन्हैया बनिया र उपेन्द्र यादवको जित सुनिश्चत

आउने मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पुरै नेपाल तातिएको छ त्यसमा पनि मधेस झनै तातिएको छ । पश्चिम मधेसको रूपन्देही जिल्लामा अहिले उम्मेदवारह? जोडतोडका साथ घरदैलोमा व्यस्त छन्। ५ प्रतिनिधिसभा र १० प्रदेशसभा रहेको यो क्षेत्र मधेसीहरू को बाहुल्य भएको जिल्ला मानिन्छ । सबैभन्दा बढी क्षेत्र नम्वर ४ मा मधेसीको बाहुल्यता मानिन्छ । यहा मधेसी मुलका मानिसको ९८% जनसंख्या रहेको छ भने २% अन्य मुलको जनसंख्या छ ।यस क्षेत्रको प्रदेशसभा मा कन्हैया बनिया र उपेन्द्र यादवको जित सुनिश्चत जस्तै देखिएको छ । कन्हैया बनिया लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार हुन भने उपेन्द्र यादव नेपाल जनता पार्टीका उम्मेदवार हुन । यि दुबै विकासप्रेमी नेता भएका कारण यिनीहरू को जित सुनिश्चित जस्तै छ । विगतमा यस क्षेत्रबाट जितेका नेताले विकास नगरेका कारण जनताहरू तिनीहरू बाट रूष्ट छन । त्यसैले जनताहरू भन्दछन अबको चुनावमा नयालाई अवसर दिनुपर्छ । विकास विरोधी नेतालाई बहिष्कार गर्नुपर्छ । रूपन्देही क्षेत्र नं. ४ को अवस्थालाई मध्यनजर गर्दा यहा शिक्षा, स्वास्थ्य, खानेपानी, वाटोघाटो को विकास भएको पाइदैन। त्यसैले यहाका जनताहरू भन्दैछन हामीले यसपटक विकासप्रेमी नेतालाई भोट दिन्छौ। जसले आफ्नो क्षेत्रको विकास गरोस । आफ्नो क्षेत्रमा कलकारखाना स्थापना गर्नको लागी उद्योगपतिलाइ आग्रह गर्न सकोस । यसले स्थानियहरू लाई रोजगारी प्रदान गर्छ । यहाका स्थानियहरू बाहिर जिल्लामा गएर काम गर्नु पर्दैन । यसैले यसपटक जनताले कन्हैया बनिया र उपेन्द्र यादवलाई जिताउने झलक देखिन्छ ।

यी दुबै यस्ता नेता हुन । जसले किसान, मजदुर वर्गको आवाजलाई उठाएका छन । किसानको खेतमा सिचाई नहुदा नहर सफा गराएर अन्नदाता किसानलाई सहयोग गरेका छन्। स्वास्थ्यचौकीमा विरामीलाई राम्रारी उपचार गर्नको लागी झक्झकाएका छन । सामन्तवादी व्यवस्थाको विरूद्धमा खरो रूपमा उत्रने यि दुबै नेता जसरी भएपनि जित्नै पर्ने स्थानियको भनाइ रहेको छ । स्थानियहरू भन्दछन जबसम्म सामन्तवादको अन्त्य हुदैन । तबसम्म विकास सम्भव छैन । क्षेत्र नं. ४ बाट सामन्तवादको अन्त्य गर्न यि दुबै नेताले आफ्नो प्रतिज्ञा गरेका छन । त्यसैले यिनलाई हराउनको लागी अरूले धेरै ने कसरत गर्नुपर्छ । आज क्षेत्र नं.४ रूपन्देहिको सबैभन्दा पछाडी परेको क्षेत्र हो । जसलाई पछि पार्नमा पहिले जितेका सामन्तवादी नेता मुख्य दोषी मानिन्छन । क्षेत्र नं.४ मा राम्रो क्याम्पस स्थापना हुन सकेको छैन । जसको मुख्य कारण सामन्तवादी नेताले सोच्ने गर्दछन कि यस क्षेत्रका मानिस शिक्षित भएभने हामीले भनेको टेर्दैनन र चेतनाको स्तर जाग्दछ । अर्कोतिर ठुला नेताका छोराछोरी देशका ठुला शहरमा पढने हुनाले आफ्नो क्षेत्रमा शिक्षाको स्तरलाई उकास्न खोजेनन र सामन्तवादको जरालाई गाडिराखे । त्यसैले जनताहरू भन्न थालेका छन हामीलाइ अन्धकारमा राख्ने नेता चाहिदैन शिक्षाको ज्योती दिने नेताको खाचो छ जसमा कन्हैया बनिया र उपेन्द्र यादव पर्दछन । यस क्षेत्रमा सम्मरीमाई गाउपालिका, कोटहीमाई गाउपालिका, मर्चवारीमाई गाउपालिका पुरै पर्दछन । यसैगरी मायादेबी गाउपालिकाको वार्ड नम्वर १ देखि ६ र लुम्बिनी सांस्कृतिक नगरपालिकाको २ वटा वडा पर्दछन । मधेसका उच्च जातिदेखि निम्न जाती बसोबास गर्ने यस क्षेत्रमा सामन्तवाद पूर्ण रूपमा उन्मुलन भाएको छैन । हरेक मानिसको इच्छा हुने गर्दछ उसको जिवनमा सुख, सुविधा एवं शान्तीको अनुभव हुन सकोस । उसको न्युनतम आवश्यकता पुर्ती हुन सकोस । त्यसैले यस्ता कुराको पुर्ती गर्नको लागी कन्हैया बनिया र उपेन्द्र यादव सक्षम छन । जनता उनीहरूलाइ नै भोट दिएर जिताउन खोजीरहेका छन । समाजमा जनचेतना फैलाउनको लागी सामाजिक विकासको जरूरी हुने गर्दछ । पहिले जितेका नेताले सामाजिक विकासको बारेमा कुनै पहल गरेनन । जसले यस क्षेत्रको सामाजिक विकास हुन सकेन । त्यसैले यहाका जनता नया नेतृत्वको खोजीमा छन । नया उम्मेदवारमा कन्हैया र उपेन्द्र राम्रा देखिएका छन । विगतमा जितेका उम्मेदवारले कुनै एउटा वर्गलाई मात्र अगाडी बढाउने प्रयत्न गरे । जसका कारण समग्र वर्गको विकास हुन सकेन । नेता यस्तो हुनुपर्छ जो सबैलाइ भेदभाव रहित दृष्टिकोणले हेर्न सकोस । सबैको दुख सुखमा साथ दिन सकोस । जनताको सेवक भएर बस्न सकोस । नम्रतापूर्ण व्यवहार गर्न सकोस । जुन गुण यि दुबै कन्हैया बनिया र उपेन्द्र यादवमा रहेको छ । त्यसैले पनि यिनीहरू को जित पक्का जस्तै छ । यि क्षेत्र नं. ४ का जनता अहिले सामन्ती ब्यवस्थाबाट माथी उठन खोजेका छन । त्यसैले पनि सामन्ती ब्यवस्थाका पक्षपोषक जमिन्दारहरू हटाएर शोषित पिडित जनताको प्रतिनिधित्व गर्ने उम्मेदवार छनौट गर्नु जरूरी छ । यसरी नै सामन्तवादको जरो उखेलिन्छ र समतामुलक ढंगले सबै शोषित पिडित जनता बस्न पाउछन यसरी शोषित पिडित जनताको साथ दिनमा कन्हैया र उपेन्द्र सक्षम छन्। त्यसैले जनताहरू यि दुबैका पक्षमा छन्। सबै जनताहरू मिलेर सामन्तवादलाई परास्त गर्न लागिपरेका छन । विकास लाइ अगाडी बढाउनको लागी पहिले चुनाव जितेका यस क्षेत्र नं. ४ का प्रदेश सांसदलाई यस क्षेत्रका जनताले पटक पटक आग्रह गरेता पनि वेवास्ता गरेकै कारण विकासको प्रभावकारिताले अपेक्षित लक्ष्य हासिल गर्न सकेन । जसको मुख्य कारण निपुर्णताको अभाव रहेको छ । त्यसैले आम सर्वसाधारण परिवर्तनको खोजीमा छन ।

अविकसित क्षेत्रको रूपमा चिनिएको यो ४ नम्वर क्षेत्रको समुचित विकासको लागी कन्हैया बनिया र उपेन्द्र यादव उपर्युक्त देखिएका छन । त्यसैले यस क्षेत्रका जनताहरू भनिरहेका छन, मंसिर ४ गते कन्हैया बनियालाइ साइकलमा र उपेन्द्र यादवलाई कमलको फुलमा भोट दिन्छौ । यहाका जनताहरू भनिरहेका छन्। जसरी छोराछोरीको विवाह गर्दा राम्रो घर हेरेर विवाह गरिन्छ व्यस्तैगरी यस पटकको चुनावमा राम्रो व्यक्तिलाई भोट हालिन्छ । जसमा यि दुबै जनताका सेवकमा गनिन्छन । समाज कल्याण निती यस्तो एक अवधारणा हो । जसमा विकासका पूर्वाधारहरू पर्दछन । यसलाई पुर्ती गर्न सक्षम नेता चाहिन्छ । अहिले समाज कल्याणको आवश्यकता सबैले गर्न थालेका छन । यस्तो समाज कल्याण महसुस जो कोही नेताले गर्न सक्दैन । त्यसैले समाज कल्याणको लागी भएपनि कन्हैया र उपेन्द्रलाई जिताउनुपर्ने आवश्यकता यहाका जनताले महसुस गर्न थालेका छन । रूपन्देही क्षेत्र नं. ४ ख बाट नेपाल जनता पार्टीबाट कमलको फुल चुनाव चिन्ह लिएर उठेका उपेन्द्र यादवले यस क्षेत्रमा सबैको मन जितिसकेका छन । उनी नै सबैभन्दा बलियो देखिएका छन । उनको प्रतिस्पर्धी नेपाली काङग्रेसका बसिउदिन खाँ रहेका छन् यसैगरी रुपन्देही क्षेत्र नं. ४ क बाट कन्हैया बनिया बलियो देखिएका छन । उनको प्रतिस्पर्धी जनमत पार्टीबाट उम्मेदवारी दिएका जितेन्द्र नाथ शुक्ल उर्फ बब्लु शुक्ला रहेका छन । बब्लुको आफ्नो क्षेत्रमा राम्रो पकड भएतापनि कन्हैया बनियाको अगाडी केही कमजोर देखिएका छन्। त्यसैले कन्हैया बनियाको जित सुनिश्चित जस्तै देखिएको छ । यो क्षेत्रमा केही जमिन्दारहरू रहेका छन । जो उच्च घरानाबाट प्रतिनिधित्व गर्दछन । तिनीहरूले यस क्षेत्रका सोझा साझा र गरिब निमुखा जनतालाई रक्सी र मासुमा गुमराह पार्न खोजेका छन । यस्ता गुमराहमा पर्नेहरू अधिकतम रूपमा दलित समुदायबाट प्रतिनिधित्व गर्दछन्। यिनीहरूको चेतनाको स्तर माथी उठन नसकोस भनेर यि सामन्तीहरूले विभिन्न प्रपञ्च रचिरहेका छन्। त्यसैले सबैजना यस्ता मानिसबाट सर्तक हुनु जरुरी छ । कतिपय यस्ता नेता छन जो श्रीमती र छोराछोरी भारतको गोरखपुरमा राख्छन अनि आफु चुनाब लडन नेपालमा आउछन । यदि यि नेता नेपाली हुन भने श्री मती र छोराछोरीलाई भारतको गोरखपुरमा किन राखेको भनेर धेरैले प्रश्न गर्न थालेका छन । त्यसैले यस्ता नेताबाट सबैजना सर्तक हुनु जरुरी छ । राष्ट्रियतालाई मजबुत बनाउनको लागी नेपालमा स्थायी रूपमा बसोवास गरेको स्थानियलाई जिताउनु पर्ने तर्क क्षेत्र नं. ४ का वुद्धिजिवीहरु राख्दछन । यसले राष्ट्रियताको जग बलियो हुन्छ । त्यसैले १ महिना नेपालमा बस्ने अर्को महिना भारतको गोरखपुरमा गएर बस्ने मानिसलाइ जिताएको खण्ड मा राष्ट्रियतामा आच पुग्ने यहाका स्थानिय भन्दछन । रूपन्देही क्षेत्र नम्वर ४ का बुद्धिजिवीहरू भन्दछन उच्चजातिय अहंकारवादलाई जबसम्म यहाका सबै जनता मिलेर ढाल्दैनन । तबसम्म यस क्षेत्रको विकास सम्भव छैन । त्यसैले यस चुनावमा राज्यवाट पछाडी पारिएका समुदायलाई अगाडी ल्याउनु जरुरी छ । अनिमात्र विकास गतिशिलता तर्फ अगाडी बढ् । समाज विकासको क्रममा हरेक मानिसले स्वतन्त्रता पुर्वक बाच्ने इच्छा राख्दछ । स्वतन्त्रता पुर्वक कार्य गर्ने इच्छा राख्दछ । तर सामन्तवादका पक्षपोषकहरूले यस क्षेत्रका गरिब निमुखा जनतालाई आफ्नो पैतला मुनी दबाएर राखेका छन । यि गरिब निमुखा जनतालाई मुक्ति दिलाउनको लागी भएपनि कन्हैया बनिया र उपेन्द्र यादवको जित जरुरी रहेको छ । वर्तमान समयमा विकास मानव जिवनको अभिन्न अंगको रूपमा रहेको छ । तर क्षेत्र नं. ४ मा विकासको नाममा धेरै भ्रमहरु छरिएका छन्। जुन घामजस्तै छर्लङग छ । कहिले सामाजिक परिवर्तनको नाममा भ्रम छरिएको छ भने कहिले सामाजिक प्रगतीको भ्रम छरिएको छ । त्यसैले यस्ता भ्रमलाई चिर्दै जागरुक बज्नुपर्ने धेरैको ठम्याइ रहेको छ । समाजका हरेक मानिस विच घनिष्ट सम्बन्ध भएको खण्डमा मात्र सामाजिक परिवर्तन हुन्छ । तर विगतमा जितेका व्यक्ति सामन्ती भएकाले त र तपाइ विचको दुरी रहयो । यसले समाजमा परिवर्तन हुन सकेन । त्यसैले यस पटक समाजमा भिजेका व्यक्ति र समाज परिवर्तन गर्न सक्ने क्षमता भएका व्यक्ति कन्हैया बनिया र उपेन्द्र यादवलाई विजयी बनाउन स्थानियहरु लागी परेका छन । यस क्षेत्रका अधिकांश डाक्टर, इन्जिजिएर, वकिल, शिक्षक, निजामती कर्मचारी आदीले यि दुबैलाइ भारी मतले विजयी गराउन कम्मर कसेर लागेका छन ।

निष्कर्षमा भन्न सकिन्छ कि समाजको विकास एक यस्तो अचुक औषधी हो । जसले समग्र क्षेत्रको विकासलाई हेर्ने गर्दछ । त्यसैले यहा सांस्कृतिक, आर्थिक, राजनितिक, भौगोलिक आदी सबै प्रकारका विकास पर्दछन । यि विकास भित्र स्वतन्त्रता पुर्वक बाच्न पाउनुपर्ने, निर्धक्क भएर आफ्ना विचार अभिव्यक्ति राख्न पाउनुपर्ने, त र तपाइ विचको भेदभाव हटनुपर्ने, समतामुलक ढंगले बस्न पाउनुपर्ने आदी कुरा पर्दछन । जसलाई विगतमा जितेका नेताले बेवास्ता गरेकै कारण यो क्षेत्रमा विकास हुन नसकेको भनेर बुझ्न सकिन्छ । सामन्तवादले निकै जरा गाडेको यो ठाउलाइ लोकतान्त्रिक व्यवस्थामा ढाल्न अझै केही बर्ष लाग्छ । शिक्षित, वुद्धिमान युवाहरु एकजुट भएर लागेको खण्डमा मात्र यो क्षेत्रको विकास सम्भव छ । अन्यथा बालुवामा पानी हाले सरह हुन्छ । त्यसैले पहिले जितेका नेता लाइ आराम गर्न लगाइ नया युवालाई अवसर दिनुपर्छ । नया युवा यस्तो होस जसले समता मुलक ढंगले हेर्न सक्ने क्षमता राखोस, सबैको प्यारो बनोस, शासकको घरमा मात्र दौडधुप गर्ने बानी नगरोस, लोकतान्त्रिक पद्धतीको अभ्यासलाई अगाडी बढाउदै गरिब निमुखा जनताको पक्षमा आवाज उठाओस, सबै तह तत्काका मानिसलाई न्याय दिलाउने बातावरण को निर्माण गरोस भन्ने मेरोे शुभकामना छ । यसैमा नै सबैको भलाइ हुन्छ, सबैको कल्याण हुन्छ । जुन सबैको लागी अपरिहार्यता जस्तै रहेको छ ।

प्रकाशित मिति: Nov 17, 2022

प्रतिक्रिया दिनुहोस्