Logo
१३ आश्विन २०८१, आईतबार
(November 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्लभ बन्यजन्तु सालकको खपेटा सहित दुई जना पक्राउ

काठमाडौं महानगरपालिका–२६ गोंगबु चोकबाट १० केजी ५ सय ग्राम तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित २ जनालाई मंगलबार  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाँउ घर भएका ३८ वर्षीय प्रेम बहादुर बिक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगर रहेका छन् ।

उनीहरूले सालकको खपेटा बोकी हिँडिरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त तौलको सालकको खपेटा फेला पारी पक्राउ गरेको हो ।

साथै प्रेम बहादुर बिक सवार बा.५८ प ८३३७ नम्बरको मोटरसाइकल र अर्जुन मगर सवार बा.प्र ०२–०२८ प ७६७२ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Nov 9, 2022

प्रतिक्रिया दिनुहोस्