Logo
१३ आश्विन २०८१, आईतबार
(November 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालीकोटमा जीप दुर्घटना : तीन जनाको मृत्यु

मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीकोटको तिलागुफा-५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।

मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले नेपालले बताए । जीपमा १० जना रहेको बताइएको छ ।

एक जनाको घटनास्थलमा र दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Nov 9, 2022

प्रतिक्रिया दिनुहोस्