Logo
१३ आश्विन २०८१, आईतबार
(November 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

रुपन्देहीको गैडहवा गाउपालिका–२ मा दुई ओटा मोटरसाइकल ठोक्किँदा दुबै चालकको मृत्यु भएको छ ।

लु.५ प ९७ ३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३ ७२ नम्बरको मोटरसाईकल सोमबार ठोक्किएका थिए ।

दुर्घटनामा परी गैडहवा गाउँपालिका–२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको  भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सूर्यपुराले जनाएको छ ।

प्रकाशित मिति: Nov 8, 2022

प्रतिक्रिया दिनुहोस्