Logo
१३ आश्विन २०८१, आईतबार
(November 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगन्जमा बसको ठक्करबाट पदैलयात्रीको मृत्यु 

वीरगंज उपमहानगरपालिका–९ स्थित सडकमा बागमती प्रदेश –०६–००१ ख ०१२२ नम्बरको बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने २६ वर्षीया गुन्जना श्रेष्ठ रहेकी छन् । उनको शुक्रबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: Nov 4, 2022

प्रतिक्रिया दिनुहोस्