लागुऔषधसहित ३ जना पक्राउ
लागुऔषध बिक्री वितरणमा संलग्न भएको सूचनाको आधारमा खटेको जिल्ला प्रहरी कार्यालयको विषेश टोलीले अधिकारीलाई घरमा लुकाइछिपाइ राखेको डाईजोपाम ५ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाइजेल्याव ९ एम्पुल, बुप्रिनोर्फिन ९ एम्पुल र फेनार्गन १० एम्पुल लागु औषधसहित पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी त्रियुगा नगरपालिका ११ का ३५ वर्षीय राजकुमार राईलाई पनि प्रहरीले लागू औषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । उनलाई लागू औषधसहित पक्राउ परेका अभियुक्तको बयानका आधारमा पक्राउ गरिएको हो । त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा बसपार्कबाट विभिन्न तीन किसिमका लागु औषधसहित त्रियुगा नगरपालिका-१० बोक्सेका ३४ वर्षीय विकास राई पक्राउ परेका थिए ।
बसपार्कमा हिडि रहेका राई माथि शंका लागेर चेकजाँच गर्दा ४२ एम्पुल (थान) लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट डाइजेपाम १४ एम्पुल, बुप्रिनोर्फिन १४ र फेनार्गन १४ गरी ४२ एम्पुल बरामद गरेको थियो । उनीहरुलाई म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए ।
लागू पदार्थ कारोबार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी ज्ञानेन्द्र फुयाललले जानकारी दिए ।