Logo
१३ आश्विन २०८१, आईतबार
(November 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी अध्यक्ष प्रचण्ड र नवनियुक्त अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता 

नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको थियो ।

भेटमा प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिकाको प्रशंषा गरेका थिए ।

‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता रहेको छ । तपाईको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु,’ भेटमा प्रचण्डले भने ।

आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै भेटमा प्रचण्डले यसमा अमेरिकाको सहयोग आवश्यक रहेको जनाएका छन् ।

राजदूत थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँदा खुसी लागेको बताए । नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न अमेरिकाको सहयोग निरन्तर रहने विश्वास राजदूतले दिलाएका थिए ।

राजदूतले ७५ वर्षदेखिको नेपाल–अमेरिका सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाई लिने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति: Nov 1, 2022

प्रतिक्रिया दिनुहोस्