Logo
१३ आश्विन २०८१, आईतबार
(November 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहामा वङ्गरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सिरहाको धनगढीमाई नगरपालिका–७ मा हिजो विङ्गरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना युवती घाइते भएकी छिन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक  गोलबजार  नगरपालिका–१२ बस्ने २२ वर्षीय अमरेश कुमार मण्डल रहेका छन् । उनको उपचारको क्रममा कसहा हेल्थ केयर सिरहामा मृत्यु भएको हो ।

घाइते भएकी मोटरसाइकलमा पछाडी सवार १८ वर्षीया  पर्वती देवी मण्डलको भने मेट्रो हेल्थ केयरमा उपचार भइरहेको छ ।

प्रदेश २–०१–००१ प ३९ ८२  नम्बरको मोटरसाइकललाई बा २१ च ५८४४ नम्बरको विङ्गरले हिजो साँझ सवा ६ बजे  ठक्कर दिएको थियो । वीङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Nov 1, 2022

प्रतिक्रिया दिनुहोस्