Logo
१३ आश्विन २०८१, आईतबार
(November 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुकको समृद्धिका लागि गठबन्धन : कांग्रेस नेता महर

नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकको समृद्धिका लागि गठबन्धन गरिएको बताएका छन् ।

चुनाव प्रचारका क्रममा डडेल्धुरा पुगेका महरले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती व्यभीचारी शासनको पुनरावृत्ति हुन नदिन पनि गठबन्धन भएको जिकिर गरेका हुन् ।

‘संविधान नै च्यात्न खोजेपछि वर्तमान गठबन्धन बनेको हो । त्यो कांग्रेसको रहर होइन । देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन गर्नुपरेको बाध्यात्मक अवस्था थियो । गठबन्धन बनेपछि मुलुक ठूलो दुर्घटनामा जानबाट जोगिएको छ। त्यसैले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनु होला,’ महरले भने ।

डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लड्न उम्मेदवारी दिएकाहरूको जमानत जफत हुने महरको दाबी छ ।

महरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कुनै एक क्षेत्रको विकासका लागि मात्र नभई समग्र मुलुकको विकासका लागि हुने बताए ।

प्रकाशित मिति: Nov 1, 2022

प्रतिक्रिया दिनुहोस्