Logo
१३ आश्विन २०८१, आईतबार
(October 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भक्तपुरमा लागूऔषधसहित एकजना पक्राउ

प्रहरीले मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागूऔषध एकजनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लहान नगरपालिका-४ घर भई हाल ललितपुर बस्ने वर्ष २३ को रमेशकुमार आनन्दलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जनाए  ।

उनलाई नाइट्राभेट ६०० सय थान ट्यावलेट लागू षधसहित नियन्त्रणमा लिएको उनकाे भनाइ छ । उनलाई प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। लागूऔषध विक्रीवितरण तथा ओसारपसार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: Oct 31, 2022

प्रतिक्रिया दिनुहोस्