Logo
१३ आश्विन २०८१, आईतबार
(October 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुजरातमा झोलुंगे पुल चुँडिदा मृत्यु हुने १४० पुगे

गुजरातको मोरबीमा रहेको एउटा भोलुंगे पुल चुँडिदा मृत्यु हुनेको संख्या १४० पुगेको छ । १७७ जनाको उद्दार भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल चुँडिएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि चुँडिएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल चुँडिएको प्रारम्भिक अनुमान गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त  झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला चुँडिएको थियो ।

पुल चुँडिएपछि माचु नदीमा केही मानिस हराइरहेका थिए भने फसेका केही मानिसको उद्दार गरिएको थियो । मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन् । करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो ।

प्रकाशित मिति: Oct 31, 2022

प्रतिक्रिया दिनुहोस्