Logo
१३ आश्विन २०८१, आईतबार
(October 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम सञ्‍चालन गर्दै आयोग 

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए । आयोगका अनुसार मतदाता शिक्षाका लागि सामग्री जिल्ला पुगिसकेकाले अब कार्यक्रम सञ्चालन हुने भएको हो  । मतदाता शिक्षा कार्यक्रम १ करोड ८० लाख मतदातासमक्ष पुर्‍याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गरिने भएको छ ।

एउटा स्वयंसेवकले १५ जनाको समूहमा दुईटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछन् ।

आयोगले  स्वयंसेवक छनोट गरिसकेको छ ।

प्रकाशित मिति: Oct 31, 2022

प्रतिक्रिया दिनुहोस्