Logo
१३ आश्विन २०८१, आईतबार
(October 21, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्तागठबनन्धनको चुनावी अभियान सुरु, पोखरा र बुटवलमा कार्यक्रम

सत्तागठबन्धनको शीर्ष नेताले पोखरा बुटवलमा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्ने भएका छन् । पोखरामा बिहान ११ बजेदेखि तथा बुटवलमा दिउँसाे २ बजेदेखि सुरु हुने भनिएको प्रशिक्षण भेलालाई शीर्ष नेताले सम्बोधन गर्ने भएका हुन् ।

पोखराको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता आज पाेखरा पुगेका छन् ।

सत्तागठबन्धनले शुक्रबारदेखि प्रदेशमा चुनावी अभियान सुरु गरेकाे हाे । गठबन्धनकाे संयुक्त चुनावी अभियानपछि दलहरू पार्टीकाे चुनावी अभियानमा सरिक हुने भएका छन् ।

प्रकाशित मिति: Oct 21, 2022

प्रतिक्रिया दिनुहोस्