Logo
१३ आश्विन २०८१, आईतबार
(October 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीमा बस दुर्घटना, २३ जना घाइते

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा आज बिहान ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका  बसका चालक दिपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचिनगर नगरपालिका ७ का २१ वर्षीय प्रदिप पुरीलाई उपचारका लागी झापा तर्फ पठाइएको छ ।

अन्य घाइतेहरुको गढिमाई अस्पतालमा उपचार भइरहेको छ ।

काकडभिट्टाबाट भैरहवा तर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर आज बिहान ३ बजे पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएकामध्ये ९ जना उपचार पश्चात घर फर्कि सकेका छन् ।

चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

प्रकाशित मिति: Oct 17, 2022

प्रतिक्रिया दिनुहोस्