Logo
८ मंसिर २०८१, शनिबार
(September 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशमा डुंगा दुर्घटनामा ३३ जनाको मृत्यु

बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । दुर्घटनामा अझै केही  वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्रीले भरिएको  उक्त डुंगा बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेर डुबेको थियो । अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका प्रहरीले जनाएको छ ।

डुंगामा झन्डै १०० जना यात्रु रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । क्षममताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटनामा परेको प्रहीको प्रारम्भिक अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: Sep 27, 2022

प्रतिक्रिया दिनुहोस्