उमाशंकर अरगरियालाई एमालेले पार्टीमा ल्याएपछि गंगाराम यादवले पार्टी छाडे
२०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी छाडेका छन् । जनकपुरधाममा सोमबार बिहान पत्रकार सम्मेलन गरी उनले एमाले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
एमाले कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत व्यक्तिवादी भएर चल्न थालेको आफू पार्टी परित्याग गरेको उनले बताए ।
गंगाराम धनुषा क्षेत्र नं. २ का एमालेका पुराना र प्रभावशाली नेता मानिन्छ । एमालेबाट प्रतनिनिधिसभा सदस्य उम्मेदवारका आकंक्षी थिए ।
तर एमालेले धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव रुष्ट बनेका छन् ।
एमाले छाडेका यादवलाई अब जसपाले धनुषा क्षेत्र नं. २ बाट यादवलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको श्रोतले जनाएको छ ।