सिन्धुपाल्चोकको ठुलोसिरुबारी बन्याे जिल्लाकै पहिलो बालमैत्री वडा
विभिन्न ५१ वटा सुचक पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको वडाअध्यक्ष रामप्रसाद गौतमले बताए । सबै सुचकमा न्युनतम ८० वा त्यो भन्दामाथि अंक प्राप्त गरेपछि बालमैत्री वडा घोषणा गरिएको उल्लेख छ ।
नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा ०७६ काे उद्देश्यअनुसार उक्त वडा बालमैत्री घोषणा भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/८९ मा पनि नगरका कम्तिमा दुई वडा बालमैत्री वडा घोषणा गर्ने योजनाअनुसार १३ नम्बर वडा पहिलो भएको हाे । ०७६ पछि बालबालिकामा हुने कुनै पनि प्रकारको अमानवीय घटना देखा नपरेको वडाको तथ्याङ्क छ ।
वडा बालसंरक्षण समितिका अनुअसार वडामा बालविवाहमा न्यूनिकरण तथा आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि बालविवाहको घटना भएका छैनन् । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले बालमैत्री वडा घाेषाणा गरेका हुन् ।