Logo
१२ आश्विन २०८१, शनिबार
(September 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन 

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । स्थानीय समय अनुसार बिहीबार उनको ९६ वर्षको उमेरमा निधन भएको हो ।

बेलायतमा सबैभन्दा लामो समय शासन गर्नेमा एलिजाबेथको नाम पहिलो नम्बरमा आउँछ । उनले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन् ।

एलिजाबेथ सन् १९५२ मा बेलायतको महारानी बनेकी थिइन् । उनको आफ्नो शासनकालमा व्यापक सामाजिक परिवर्तन आएको थियो ।

एलिजाबेथको निधनपछि उनको सबैभन्दा जेठो छोरा तथा वेल्सका पूर्व राजकुमार चाल्स बेलायतको नयाँ राजा हुनेछन् ।

‘महारानीको निधन आज बालमोरलमा भएको छ,’ बकिंघम प्यालेसले एलिजाबेथको निधन भएपछि जारी विज्ञप्तिमा भनेको छ ।

एलिजाबेथले आफ्नो कार्यकालमा बेलायतमा १५ जना प्रधानमन्त्री देखेकी थिइन् । सबैभन्दा पहिला उनले सन् १८७४ मा जन्मेका तत्कालिन प्रधानमन्त्री विन्स्टन चर्चिलसँग काम गरेकी थिइन् । पछिल्लो पटक उनले चर्चिल जन्मेको १०१ वर्षपछि जन्मेकी अर्थात सन् १९७५ मा जन्मेकी लिज ट्रसलाई प्रधानमन्त्रीको रुपमा देखेकी थिइन् ।

एलिजाबेथको जन्मको सन् १९२६ अप्रिल २१ का दिन लण्डनमा भएको थियो । उनको जन्मको नाम एलिजाबेथ एलेक्सान्ड्रा मैरी विन्डसर थियो ।

प्रकाशित मिति: Sep 9, 2022

प्रतिक्रिया दिनुहोस्