Logo
१२ आश्विन २०८१, शनिबार
(September 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेना, प्रहरी, कलेजसहितलाई बहाल कर तिर्न काठमाडौं महानगरको पत्राचार

काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, समाज कल्याण परिषद्सहितलाई बहाल कर तिर्न पत्राचार गरेको छ।

महानगरको राजस्व विभागले बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस र नेपाल कमर्श क्याम्पसलाई १० दिनभित्र सम्बन्धित् वडा कार्यालयमा गई निमानुसार बहाल कर र सो को जरिवानासहित बुझाउन पत्राचार गरेको हो ।

अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह असुल उपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने महानगरले चेतावनी दिएको छ ।

प्रकाशित मिति: Sep 8, 2022

प्रतिक्रिया दिनुहोस्