Logo
११ माघ २०८१, शुक्रबार
(September 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भक्तपुरमा प्रेम सुवाललाई डा.राजेन्द्र कोजूको टक्कर   

मौजुदा संघीय संसदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट एकैजना मात्र प्रतिनिधिसभा सदस्य छन्, प्रेम सुवाल । भक्तपुर–१ बाट निर्वाचित भएका उनी यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिँदै छन् ।

नारायणमान विजुक्छें रोहितले पुस्ता हस्तान्तरण भन्दै आफ्नो क्षेत्रबाट पहिलोपटक आफ्नो क्षेत्रमा सुवाललाई २०७० मा उम्मेदबारी बनाएका थिए । सुवालले विजयी पनि भए ।

त्यसपछि दोश्रो पटक २०७४ सालमा पनि सुवाललाई नै उम्मेदबारी बनाइयो, फेरि पनि उनी फराकिलो मतान्तरले विजयी भए ।

यस वर्ष ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सुवाल नै एक्लो दावेदार हुन् । पार्टीका अर्का सशक्त दावेदार सुनिल प्रजापति भक्तपुर नगरपालिकाको प्रमुखमा रहे पछि सुवाल मात्रै एक्लो दावेदारका रुपमा छन् यस क्षेत्रमा नेककिपाबाट । सुवाल पार्टीका केन्द्रिय सचिव पनि हुन् ।

नेमकिपाको पकड क्षेत्र भए पनि यो क्षेत्रमा अन्य पार्टीहरुको पनि उम्मेदबारी नपर्ने भने होइन । अहिले गठबन्धनबाट सशक्त दावेदारका रुपमा आएका छन्, डा राजेन्द्र कोजू । भक्तपुर–९ तौलाछेंका डा कोजू नेकपा एकीकृत समाजवादीबाट क्षेत्र नं १ मा सिफारिस भएका छन् । उनी पाँंचदलीय गठबन्धनबाट पनि सिफारिस हुने सम्भावना रहेको स्थानीय नेताहरु बताउँछन् ।

प्रकाशित मिति: Sep 7, 2022

प्रतिक्रिया दिनुहोस्