Logo
११ आश्विन २०८१, शुक्रबार
(September 6, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 

स्याङजाको हरिनास गाँउपालिका–३ राहालेमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्साको बहुदरमाई नगरपालिका–६ स्थायी घर भई हाल तनँहुको शुक्लगण्डकी नगरपालिका–४ मा व्यवसाय गरी बस्ने अन्दाजी ३५ बर्षीय जय प्रकास साह रहेका छन् ।

हिजो साँझ साढे ५ बजे दुलेगौडाबाट तनँहु जाँदै गरेको ग ११ प १५११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ ।

प्रकाशित मिति: Sep 6, 2022

प्रतिक्रिया दिनुहोस्