Logo
११ आश्विन २०८१, शुक्रबार
(September 4, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा थपिए एक सय ४२ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११६ एन्टीजेन परिक्षण गर्दा २६ गरी एक सय ४२ जना नयाँ संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २३० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । सोही समयमा तीन हजार ४५० जनाले कोरोना परिक्षण गरेका थिए । हाल सक्रिय संक्रमितको संख्या २ हजार ५२८ जना रहेका छन् ।

प्रकाशित मिति: Sep 4, 2022

प्रतिक्रिया दिनुहोस्