जयसवाल जनमत पार्टीमा प्रवेश
जनता समाजवादी पार्टी, नेपाल (जसपा) परित्याग गरी स्वतन्त्र रहेका अर्जुन प्रसाद जयसवाल जनमत पार्टीमा प्रवेश गरेका छन् । जयसवाल जसपा सिद्धार्थनगर नगर समितिका पूर्व अध्यक्ष समेत रहेका थिए ।
उनी स्थानीय तहको निर्वाचन अघि जसपा परित्याग गरेका जैसवाल शनिबार जनमत पार्टीमा प्रवेश गरेका हुन् । २०७० सालको निर्वाचनमा उनी तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट सिद्धार्थनगर नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा उम्मेदवारी समेत दिएका थिए ।
जनमत पार्टी, रुपन्देहीले शनिबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा आयोजना गरेको अगुवा नेता कार्यकर्ता भेटघाट एवं निर्वाचन केन्द्रीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनलाई जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा। सिके राउतले पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै जयसवालले आफुले रुपन्देही क्षेत्र नं। ४ ‘ख’ बाट प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिने बताए । आफुले मर्चवारको विकासमा सम्बेदन शील भई मर्चवार क्षेत्रमा मालपोत कार्यालय ल्याउन अहम भुमिका खेलेको बताए ।